खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १० मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सभा वार्ड कमिटीको अध्यक्ष महिपाल खातीको अध्यक्षतामा सम्पन्न भयो। वार्ड नम्बर १० को संयोजक तथा खरसाङ टाउन कमिटीका सह प्रचार प्रसार सचिव रवि ताेलङ्गीको सञ्चालनमा भएको सभामा सर्वप्रथम पार्टीका उपस्थित नेत्तृत्वगणलाई स्वागत जनाइएको छ भने उपस्थित वार्डवासी लाई स्वागत गर्न हेतु वार्ड संयोजक रतन शेर्पाले स्वागत भाषण राखेका थिए। सभामा रवि तोलङ्गीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाद्वारा नै वार्डमा विभिन्न विकासमूलक कार्य भएको र भईरहेको कुरा उपस्थित वार्डका सदस्यहरुलाई अवगत गराएका छन्। उनले पहाड़कोे विकासकोे निम्ति एक मात्र विकल्प भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा मात्रै हो भनी बताएका छन्। सभामा खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले भनिन्, वार्डमा विभिन्न सामाजिक संस्था भए पनि वार्ड हाम्रो एउटै हो। त्यसर्थ हामी सबै एक भएर वार्डकाे विकासकोे निम्ति एकत्रित हुनु आवश्यक छ। उनले आज यदि सम्पूर्ण पहाड़मा शान्ति छ भने यस्को सम्पूर्ण श्रेय जीटीए प्रमुख अनित थापालाई नै जान्छ र भविष्यमा पनि पहाड़लाई वर्तमान जस्तै शान्तिपूर्ण बनाई राख्न अनि सर्वाङ्गीण विकासको निम्ति एक मात्र विकल्प अनित थापा मात्रै रहेको ठोकुवा गर्दै आउँदो दिनमा शतर्क रहेर वार्डकोे विकासकोे निम्ति एकजुट भई दिने आग्रह गरिन्।सभामा केन्द्रीय समिति नारी शक्तिका सांगठनिक सचिव मैया ठकुरीले आगामी चुनावलाई लिएर सबै सतर्क भएर बसिदिने साथै पार्टीद्वारा चयनित गरेकाे उम्मेदवारलाई जिताउनकोे निम्ति एकत्रित भएर कार्य गरी दिने आग्रह गरिन्। खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले सभामा भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सम्पूर्ण सदस्य एउटा परिवार हो। आज पनि हामी यहाँ सांगठनिक रूपमा विभिन्न पदमा भए पनि एउटा टिम भएर आएका छौं। उनले अघि भने, आज हामी यहाँ एकत्रित भएको उद्देश्य आगामी चुनाव हाे र चुनावमा पार्टीबाट चयन गरिएको उम्मेदवारलाई जिताउने हामी सबैकोे राजनैतिक धर्म हो। संगठनमा सांगठनिक कार्य गर्दा कुनै प्रकारको पनि नकारात्मक बात नगरी दिने साथै संगठनद्वारा दिएको निर्देशलाई पालन गरिदिने आग्रह गर्दै वार्डका प्यारेन्ट्स बडीका सचिव अन्जय तोलाङ्गी आफ्नो पारिवारिक कार्य लिएर बाहिर गएकोले गर्दा वार्डमा संगठनलाई सुचारु रूपले सञ्चालन गर्न हेतु वार्डका सह सचिव पासाङ्ग योल्मोलाई पदोन्नति गरी सचिव नियुक्त गरियो भने पुरानो कमिटीलाई अझै बलियो बनाउनकोे निम्ति सह सचिव पदमा दिनेश लामा, पूर्ण सुब्बा र दोर्जे योल्मो अनि उप सभापतिहरु रवि तोलाङ्गी, रतन शेर्पा र रवि तामाङ, सल्लाहकार कुमार राउत, कमल छेत्रीलाई नियुक्त गरियो भने आगामी चुनावको निम्ति वार्ड नम्बर १० का प्यारेन्ट्स बडी अध्यक्ष महिपाल खातीलाई चुनाव संयोजकको, कोषाध्यक्ष पूर्ण सुब्बा अनि रतन तामाङलाई चयन गरिएको छ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले सभालाई निरन्तर्ता दिँदै वार्ड नम्बर १ देखि २० सम्म अब प्रत्येक वार्डमा बूथ कमिटी गठन गरिने जानकारी दिएका छन्।

सभामा सभाध्यक्ष महिपाल खातीले आफ्नो सम्भाषणसंगै सभा समाप्ति कोे घाेषणा गरे। सभामा टाउन उपाध्यक्षद्वय सञ्जय मुखिया, रञ्जन गजमेर, सांगठनिक सचिव मैत्र सेन शर्मा, कार्यकारीणी सदस्य बिषम तामाङ, पूर्व वार्ड कमिश्नर डोल्मा जिम्बा उपस्थित थिए।









