खरसाङ: खरसाङको २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टिअन्तर्गत वार्ड नम्बर ७ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सभापति मोहन गुरुङकाे सभापतित्वमा सम्पन्न भयो। सभाको सञ्चालन प्रकाश लामाले गरेका थिए भने २८ नम्बर समष्टिकाे नवनिर्वाचित सभासद श्याम शेर्पाको विशेष उपस्थिति रहेको थियोे। सभाले विशेष गरी वार्ड नम्बर ७ काे प्यारेण्ट बडीकाे सचिवकाे रिक्त पदमा सर्वसम्मतिले शिक्षक दिनेश लामालाई चयन गरियो अनि उनलाई सभामा उपस्थित सबैले हर्षसाथ बधाई टक्राएका छन्।
सभामा विशेषगरी सभासद श्याम शेर्पा, प्रकाश लामा, रामदेव ठाकुर, दिनेश लामाले वक्तव्य राखेको थिए भने सभामा विशेषगरी टाउन कमिटी सदस्य एसके साथै अभिभावक समिति का सम्पन्न सदस्यहरु उपस्थित थिए। सभामा वक्ताहरुले संगठन बलियो बनाउन सबैलाई सदस्यता ग्रहण गराउने र संगठनकाे आचार संहिता पालन गर्ने जानकारी गराए भने सबैले नवनिर्वाचित सभासदलाई बधाई टक्राउँदै समष्टिमा राम्रो राम्रो कार्य गर्ने सुझाव पनि राखियो। सभाध्यक्ष मोहन गुरुङ चले सबैलाई धन्यवाद टक्राउँदै नयाँ सचिवलाई चाढ़ै कामकाज शुरु गर्ने सुझाव एवम शुभकामना दिएका छन्।









