खरसाङको लङ्भ्यु चियाबारी तीन महिनापछि पुन: मालिकद्वारा सञ्चालन

IMG-20230315-WA0152.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पर्ने लङ्भ्यु चियाबारी आजदेखि पुन: मालिकले सञ्चालन गर्न शुरू गरेको छ। गत तीन महिनादेखि लङ्‌भ्यू चियाबारीलाई यहाँको एउटा राजनीतिक दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा कमिटी गठन गरेर सञ्चालन गर्दै आइरहेको थियो भने यस चिया बगानका मालिक पक्षले चियाबारीलाई राजनीति दल अनि यसका कार्यकर्ताहरूले असंवैधानिक रुपले चलाइरहेको आरोप लगाउँदै स्थानीय पार्टी कार्यकर्तामाथि मुद्धा हालेको थियो। यसैको आधारमा अदालतले मालिक पक्षमा आफ्नो निर्णय सुनाउँदै मालिकले नै बगान सञ्चालन गर्नुपर्ने बताएपछि आजदेखि पुनः मालिकपक्षले बगान सञ्चालन गरे। यसबारे जानकारी दिँदै लङ्‌भ्यू जोइन्ट फोरमको पक्षबाट हमिङ तामाङ अनि बिरेन्द्र छेत्रीले पत्रकारहरूलाई जोइन फोरमले पनि लङ्‌भ्यू चियाबारी संवैधानिक रुपले सञ्चालन होस्‌ भनी चाहेको औ आज त्यो पूरा भएको बताए।

तिनीहरूले लङ्‌भ्यू चियाबारी लथालिङ्‌गै अवस्थामा रहेको थियो भने हिज सिलगढ़ीस्थित डागापूरमा भएको बैठकले लङ्‌भ्यू चियाबारी पुनः मालिकपक्षलेनै संवैधानिक रुपले सञ्चालन गर्न सक्छन्‌ भनी आदालले निर्णय सुनाएको कारण अब यो चियाबारी सुचारू रुपले चल्नेछ भनी आशा व्यक्त गरे। तामाङ अनि छेत्रीले लङ्‌भ्यू चियाबारीलाई सबैले मिलेर जोगाउनु पर्छ भन्दै बगानको मालिकले कमान सञ्चालन गरेको खण्डमा श्रमिकहरूको पीएफ, ग्रेजुटी तथा अन्य सहुलियतहरू पाउन सक्छन्‌ भन्दै तर असंवैधानिक रुपले कुनै पनि राजनीति दलले कमान चलाए ती सबै कुरा नपाउने बताए। तिनीहरूले भने-विगत तीन महिनादेखि लङ्‌भ्यू चियाबारी एउटा राजनीति पार्टीले असंवैधानिक रुपमा सञ्चालन गर्दै आइरहेको थियो। त्यसैको आधारमा यहॉंका मालिकले कोर्टमा एउटा मुद्धा हालेको थियो। त्यस मुद्धालाई कोर्टले आफ्नो निर्णय सुनाउँदै लङ्‌भ्यू चियाबारी पुनः मालिकपक्षले चलाउन सक्छन्‌ भनी बतायो। हामी कोर्टको निर्णयलाई स्वागत गर्छौ अनि धन्यवाद दिँन्छौँ। तर लङ्‌भ्यूको समस्या मालिकपक्षले पनि अब समाधान गर्नुपर्छ।

अहिले पनि अवकाश प्राप्त श्रमिक लगायत वर्तमान कार्यरत्‌ श्रमिकहरूको विभिन्न हक र अधिकार अतिशीघ्र भुक्तान गर्ने दिशामा मालिकपक्षबाट सहमति जनाइएको छ। त्यसलाई पनि मालिकपक्षले ध्यान दिएर कुनै विलम्ब नगरी भुक्तान गर्नुपर्छ। तीन महिना दुःख-सुख अनित थापाले बगान सञ्चालन गरे, त्यसको निम्ति उनलाई पनि हामी धन्यवाद दिँन्छौँ तर अब उसो यो चियाबारी यसरी कुनै राजनीति पार्टी मार्फत सञ्चालन नहोस्‌। तिनीहरूले संविधानिक रुपले बगान सञ्चालन गरियोस्‌ भनेर मांग गरिएको पनि वास्तवमा यही हो भन्दै तर यसको निम्ति सम्पूर्ण श्रमिकवर्ग पनि एक हुनुपर्छ भनी आह्वान गरे। जोइन फोरम सदैव चियाबारी श्रमिकहरूको हितमा रहेको जनाउँदै यसमा तिनीहरूको कुनै राजनीति स्वार्थ नरहेको बताए।

About Author

Advertisement