खरसाङको लङभ्यू कमानका श्रमिकहरुले पाउनु पर्ने बकाया हाजिरा अनि अरू रकमबारे युनियनद्वारा प्रबन्धकलाई १५ जनवरीसम्मको अल्टिमेटम

IMG-20260106-WA0091

खरसाङ: खरसाङको लङभ्यू कमानका श्रमिकहरुले आज बिहान गेट मिटिङ्ग गरेर आफूले पाउनु पर्ने बकाया हाजिरा अनि अरू रकमबारे प्रबन्धकलाई १५ जनवरीसम्मको अल्टिमेटम दिएका छन्। बारम्बार लङभ्यू कमानका प्रबन्धन पक्ष र मालिक पक्षले ईलिगल रूपमा कमान चलाईरहेको स्थिति रहेको हिल प्लान्टेशन इम्लोइज युनियनले‌ आरोप लगाएका छन्। उनीहरु अनुसार श्रमिकहरुले गरेको कामको दाम नदिएको हुनाले लङभ्यू कमानका श्रमिकहरूले नानीहरूको स्कूल फिस समेत तिर्न सकेका छैनन्। बिमारी समय हस्पीटल छैन, पैसा छैन, दबाइको नाममा पेनकिलर समेत छैन। एम्बुलेन्स चडेर हस्पिटल गए ७०० रुपियाँ उल्टा म्यानेजमेण्टलाई दिन पर्ने चलन बनाइएको भनी आरोप लगाएका छन्। लङभ्यू कमानको यो स्थिति हुन पुगेको मूल दोष नै मालिक प्रबन्धक अनि मालिक पक्षको व्यक्ति विशेषको सालौ सालदेखिको हेलचेक्र्याइँ रहेको आरोप छ। हिल प्लान्टेशन इम्लोइज युनियनले‌ आरोप लगाए अनुसार रूख काटेर बिग्री गरेर पिएफको पैसा घोटाला गरेर ग्राजुएटीको पैसामा गैरकानुनी काम गरेर पैसा लुट्ने अनि प्रत्येक दिनको हाजिरा पछिल्लो ३ महिनादेखि नदिएको हुनाले आज यो परिस्थिति हुन पुगेको पनि युनियनले आरोप लगाएका छन्। यसैले यस स्थितिमा, सरकार अनि लेबर डिपार्टमेन्टले हस्तक्षेप गर्दै लङभ्यू कमानको स्थायी समाधान गरेको हुनपर्छ। जनताको भोटले बनिएको सरकारले जनताको यस्तो समस्याको समय जनवादी रूपमा काम गरेर श्रमिकहरुलाई न्याय दिएको हुनु पर्छ भनी हिल प्लान्टेशन इम्लोइज युनियनले‌ आरोप लगाएका छन्।

About Author

Advertisement