खरसाङको माता शीतला देवी मन्दिरमा त्रिदिवसीय पूजा अनुष्ठान शुरु

IMG-20230503-WA0276.jpg

खरसाङ: खरसाङ बजारदेखि केही तल स्प्रीङ साइड चियाबारी अन्तर्गत लाइनधुरामा अवस्थित माता शीतला देवी मन्दिरमा त्रिदिवसीय पूजा अनुष्ठानको कार्य शुरु भएको छ। पण्डित लक्ष्मी प्रसाद ढकालद्वारा आज विविध रूपमा सम्पूर्ण देवी देवताहरूको पूजा अर्चना गरियो। यस अनुष्ठान बारे अवगत गराउँदै पण्डित लक्ष्मी प्रसाद ढकालले लगातार तीन दिनसम्म चण्डी पाठ, वेद पाठ इत्यादि पठनसँगै माता शीतलाको पूजा अर्चना लगायत एकसय आठ लक्ष्य बत्ती बालिने औं रात्रि समय सांगीतिक टोलीद्वारा भजन प्रवचनको कार्यक्रम रहेको जनाए। तिनले सम्पूर्ण पूजा आयोजक तथा मन्दिर सञ्चालन समितिको पक्षबाट श्रद्धालु भक्तजनहरूलाई यस त्रीदिवसीय पूजा अनुष्ठानमा उपस्थित रहेर माताको आर्शिवाद ग्रहण गर्ने आग्रह पनि गरेका छन्।

About Author

Advertisement