खरसाङको मन्टिभियटमा गोरामुमोको सांगठनिक सभा सम्पन्न

IMG-20240213-WA0163.jpg

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च अन्तर्गत खरसाङको मन्टिभियट चियाबारीमा गोरे दोङको अध्यक्षतामा सांगठनिक सभा सम्पन्न गरियो। सभालाई पुरण तामङले सञ्चालन गरेका थिए। सभामा विशेष गरेर अशोक प्रधान गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक मोर्चा, राज थापा एचपीडब्ल्युयु अनि सुधा सुब्बा गोर्खा राष्ट्रिय नारी संगठनका ब्राञ्च अध्यक्षहरूले आ-आफ्ना वक्तब्य राख्दै भने वक्ताहरुले दललाई अझ सुढृढ र बलियो बनाएर अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाएर अध्यक्ष मन घिसिङले गोर्खा जातिको उन्मुक्तिको निम्ति जुन मुद्दालाई लक्ष्यमा पुर्याउने अथक प्रयास गरीचिरहेका छन्। अध्यक्षको त्यस प्रयासलाई थप टेवा दिनुपर्ने भन्दै आज पहाड़ र गोर्खा जातिको जुन कहलीलाग्दो अवस्था छ त्यो सबै छैटौं अनुसूची को विरोध गरेको कारणले गर्दा हो र आज पनि फेरी गोर्खा विरोधी तत्वहरुको खेतालाहरूले पहाड़मा अशान्ति सृजना गर्ने षड्यन्त्र रच्नु शुरू गरेको छ। अब भने पहाड़को जनता होशियार हुनुपर्छ र सत्य र असत्य खुट्याउन सक्नुपर्छ र अझै पनि केही समय छ यसपाली गोर्खा जातिले आवश्य नै न्याय पाउने छ। हामी केन्द्र सरकारप्रति आश्वास्त छौं भनी वक्ताहरुले आफ्नो विचार व्यक्त गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement