खरसाङको बरबुङ निवासी चार वर्षीय नानी समीर शेर्पालाई उपचारको लागि सहयोग

IMG-20230810-WA0284.jpg

खरसाङ: खरसाङको बरबुङ निवासी ४ वर्षीय नानी समीर शेर्पा ब्रोनको रोगले ग्रसित छन्। उक्त नानीको उपचारको लागि नमस्ते खरसाङको पहलमा सहयोग राशि संकलन भईरहेको छ। यसै क्रममा नमस्ते खरसाङको टोली बुधबार बरबुङस्थित समीर शेर्पीको घरमा गएर संकलन भएको ३२ हजार ८ सय रुपियाँ परिवारलाई प्रदान गरिएको छ। नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङ र भोला रावत बरबुङ पुगेर समाजको प्रतिनिधिहरूका उपस्थितिमा उक्त संकलित राशि प्रदान गरिएको छ। यस क्रममा समाजको सभापति दिपक लामा र सचिव उषा छेत्री बस्नेत लगायत अन्यहरूका उपस्थितिमा नमस्ते खरसाङको पक्षमा निर्मल गुरुङले बिमारी नानी समीर शेर्पाकी आमालाई नगदराशि ३२ हजार ८ सय सहित सुची पनि प्रदान गरिएको छ। यस क्रममा चार वर्षीय नानी समीर शेर्पाको उपचारको लागि खरसाङ, दार्जिलिङ लगायत पहाड़, तराइ डुवर्स साथै देश विदेशमा आर्थिक सहायता संकलन भईरहेको निर्मल गुरुङले बताएका छन्। उनले बताए अनुसार नानीको उपचारको लागि नानीलाई दुईपल्टसम्म नानीलाई सिलगढी लगिएको र भेल्लोरको चाइल्ड स्पेसियलिस्टसित पनि भिडियो कलमा बाचचीत गरेर नानीको उपचारको लागि सल्लाह र सुझावहरू दिएको र उनको सुझावमा नानीको उपचारको लागि ओपरेशन गर्नु नपर्ने र हालको लागि दबाई लेखिदिएको बताइएको छ। नानीको उपचारको लागि नमस्ते खरसाङको पहलमा आगामी १५ अगस्तसम्म सहयोग संकलन गरिरहेको जानकारी प्राप्त भएको छ। पहिलो चरणको सहयोगमा ३२ हजार ८ सय रूपियाँ संकलनको लागि सहयोग गर्नेहरू सबैप्रति बिमारी नानी समीर शेर्पा र नमस्ते खरसाङको पक्षबाट निर्देशक निर्मल गुरुङले सबैप्रति आभार प्रकट गरेका छन्। उनले नानी समीर शेर्पालाई सहयोग गर्न सक्ने पनि निवेदन गरेका छन्। निर्मल गुरुङले भने तपाईहरूको सानो सहयोगले चार वर्षीय नानीको उपचार सम्भाव हुनेछ अनि नानी जाति हुनेछ।

About Author

Advertisement