खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न

IMG-20250714-WA0118

खरसाङ: खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोडी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजको वरिष्ठ सदस्य (प्रमुख सल्लाहकार) रामु राउतको अध्यक्षता र मूल सचिव बिरबल पाखरिनको सञ्चालनमा सम्पन्न यस प्रतियोगितामा एकल खेलाडीहरू आठजना अनि जोडी खेलाडीजरु जम्मा चार टिम थिए। खेल शुरू हुनभन्दा अघि भर्खरै मात्र दिवंगत भ‌एका स्वर्गीय रेणुका गुरुङको सम्झनामा छिमी बालेर समाजको गीत बजाएर चिर आत्मा शान्तिको निम्ति मौन धारण गरियो। रामु राउत र नारायण राईको बाहुलीबाट क्याराम प्रतियोगिता आरम्भ भ‌एको घोषणा गरिएको थियो।यस क्याराम प्रतियोगितालाई खरसाङ महकुमा खेलकूद संघका आमन्त्रित निर्णायक विकास तामाङ र रमोद गुरुङले एगरेका थिए। एकल प्रतियोगितामा पवन रसाईली, बिरबल पाखरीन, सुजय गुरुङ, अनुप प्रधान, जन बस्को राई, प्रभाकर लामा, बिरेन गिरी र अमिर भुषाल थिए भने जोडी प्रतियोगिमा बिरबल पाखरीन र जनबस्को राई,लक्ष्मण छेत्री र सत्यम छेत्री, अमिर भुषाल र बिरेन गिरी अनि सुजय गुरुङ र अनुप प्रधान रहेका थिए। एकल खेलको पहिलो विजेता बिरबल पाखरिन अनि दोस्रो विजेता सुजय गुरुङ र जोडी खेलको पहिलो विजेता अमिर भुषाल र बिरेन गिरी अनि दोस्रो विजेता सुजय गुरुङ र अनुप प्रधानले प्राप्त गर्न सफल भ‌एका थिए अन्त्यमा सम्पूर्ण खेलाडीहरू लगायत पहिलो अनि दोस्रो हुने खेलाडीहरूलाई नगद राशि अनि पारितोषिक वितरण गरियो। दुवै निर्णयाक रामु राउत र बिपेन्द्र राईलाई समाजको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो। यस खेलमा सह कोषाध्यक्षद्वय निम लमु शेर्पा र भिमु तामङ, कार्यकारिणी सदस्यहरू र अन्य समाजको सदस्यहरू उपस्थित थिए। समाजको युवावर्गले यस क्याराम प्रतियोगिता विषय समाजलाई प्रस्ताव राखेको कारण उनीहरूको सकारात्मक सोच अनि पहलको कदर गर्दै युवावर्गलाई कुलत साथै विभिन्न सामाजिक क्रिया कलापमा संलग्न गराएर युवार्गलाई पनि समाजको मूलधारामा ल्याउनु रहेको जानकारी समाजको मूल सचिव बिरबल पाख्रिनले दिएका छन्।

About Author

Advertisement