खरसाङको पंखाबारीस्थित नयाँ गाउँमा हात्तीले तीनवटा घरहरु भत्कायो

IMG-20250206-WA0338

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेको पंखाबारीको नयाँ गाउँमा फेरि हात्तीले तीनवटा घर भत्काएको जानकारी प्राप्त भएको छ। गत केही दिनअघि मात्र यहाँ हात्तीले पाँचवटा घरहरू भत्काएको थियो भने फेरि हिजो राती प्रायः बाह्र बज्नलाग्दा हात्ती गाउँभित्र पसेर स्थानीय सरोज पाख्रीन, रामसिंह लामा अनि सुदास लामाको घरलाई पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ। यसबारे जानकारी दिँदै पिडित रामसिंह लामाले जनाए अनुसार गत केही दिनअघि पनि हात्तीले यहाँ घरहरू भत्काइदिएको थियो भने हिजो राती फेरि गाउँमा हात्ती पसेर घरहरूलाई क्षतिग्रस्त पारिदिएको छ। स्थानीय गाउँवासीहरूलाई आफ्नो ज्यान जोगाउन पनि हम्मे परिसक्यो।

यसबारे तिनीहरूले गाडीधुरास्थित बामन पोखरी रेञ्जमा जानकारी दिएको औ त्यहाँबाट आवश्यक कार्वाहीको निम्ति पहल गरिने आश्वासन दिएको जनाउँदै यद्यपि यहाँको यस हात्तीको आतङ्कबाट गाउँवासीलाई बचाउन विभाग अनि सम्बन्धित निकायले अतिशीघ्र पाइला चाल्नुपर्छ भनी गाउँवासीको पक्षमा तिनले माग गरेका छन्।

About Author

Advertisement