खरसाङको दुधेमा हात्तीको आक्रमणले दुइवटा घर क्षतिग्रस्त

IMG-20220701-WA0139.jpg

खरसाङ: आज बिहान प्राय: साढ़े चार बजीतिर खरसाङ खण्ड अन्तर्गत तराईको दुधेमा जंगली हात्ती पस्नाले क्षेत्रमा निक्कै आतंक मच्चिएको थियो। प्राप्त जानकारी अनुसार बिहान दुधे क्षेत्रमा हात्ती आएको कारण स्थानीय मानिसहरू आतंकित बनेका थिए। हात्तीले ज्यानमालको क्षति नगरे पनि यहाँको राई गाउँ निवासी नरबहादुर राईको भान्सा घर अनि शान्ति बस्ती निवासी भीमबहादुर विश्वकर्मको पनि भान्सा घर भत्काइ दिएको छ। जसको कारण दुवै घरका मानिसहरूलाई हाल निक्कै असुविधा भइरहेको छ। विशेषगरी राई गाउँ, शान्ति बस्ती लगायतका गाउँका मानिसहरू धेर आतंकित बनेका थिए।

यसरी अचानक गाउँभित्र हात्ती पसेको कारण क्षेत्रमा आतंक छाएको छ भने यसको रोकथाम गर्न स्थानीय दुधेवासीले सम्बन्धित विभागको ध्यान आकर्षण गराएका छन्। यस क्षेत्रमा हात्तीको पुन: प्रवेश नहोस भनी गाउँवासीले सर्तकता पनि अप्नाइरहेका छन्।

About Author

Advertisement