खरसाङको गुड सेफड स्कूलकाे वार्षिक कार्यक्रम सम्पन्न

IMG-20241001-WA0294

खरसाङ: खरसाङको डाउहिल रोडमा अवस्थित गुड सेफड स्कूलकाे वार्षिक कार्यक्रम राजराजेश्वरी हलमा सम्पन्न भयो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा २८ नम्बर खरसाङ चिमनी देवरालीकाे सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। कार्यक्रमलाई मिस पेमा तामाङले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण निन्चु प्रधानद्वारा राखिएको थियो। कार्यक्रममा मन्टीसेरी र नर्सरी अनि पहिलोदेखि चौथो श्रेणीसम्मका नानीहरूले राम्रो राम्रो नृत्य, गीत, नाटक प्रस्तुत गरेर सबै सबैलाई मोहित बनाएकी थिए। कार्यक्रममा अभिभावकहरुकाे तर्फबाट प्रविन राईले गीत, देबोलिना भट्टचार्य अनि नानी अध्या विश्वासले बंगाली नृत्य, रुबी प्रधान, स्वास्तिका प्रधान, पूजा बम्जनले सोलो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा नानीहरूकाे बाजे बोजु जसले सधैं नानीहरू लिएर स्कूल आउने गर्छन् उनीहरुलाई स्कूलकाे प्राचार्य रुद्र प्रधानद्वारा सम्मान जनाइयो। कार्यक्रममा शिक्षक शिक्षिकाहरूकाे पक्षबाट मिस अञ्जलिका, मिस रचना, मिस अनुसीया, मिस स्नेह, मिस रोजमेरी अनि मिस पेमाद्वारा नेपाली अनि हिन्दी गीतमा सुन्दर नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित सभासद श्याम शेर्पाले आफ्नो वक्तव्यमा स्कूल नानीहरूकाे दोस्रो घर हाे र घरमा एक दुईजना नानीहरूलाई सम्हाल्नु हम्मेहम्मे पर्छ भने स्कूलमा धेरै धेरै नानीहरूलाई मिसहरुले असल ढंगमा सम्हालेर शिक्षा प्रदान गरिएको हुन्छ भनी बताए। उनले शिक्षक शिक्षिकाहरुप्रति आभार प्रकट गरेका छन्।

यसको साथै नानीहरूले आजको कार्यक्रममा एकदमै असल कार्यक्रम प्रस्तत गर्नु सक्षम भएको पनि शिक्षिकाहरुकाे मेहनतकाे फल रहेकोले धन्यवाद जनाए। उनले यसको साथै स्कूलकाे प्राचार्य रुद्र प्रधान, निन्चुमिस साथै जयन्ती मिसलाई धन्यवाद टक्राउँदै आभार प्रकटसहित शुभकामना र शुभेच्छुका टक्राए। अन्त्यमा स्कूलको प्राचार्य रुद्र प्रधानद्वारा सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement