खरसाङको गिध्द पहाड क्षेत्रमा धेरै विकासका कार्यहरु गरिसकेको छु र म यहाँ अधिकारले भोट माग्न सक्छु: अनित थापा

IMG-20260413-WA0098

खरसाङ: खरसाङ गिध्द पहाड क्षेत्रमा पहिले नै धेरै विकासको कार्यहरु गरिसकेको छु र यस क्षेत्रमा म अधिकारले भोट माग्न सक्छु तर अरुले केही काम नै गरेको छैन र कुन मुखले भोट माग्न सक्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको गौरी शंकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, तपाईहरु कार्यकर्याहरु हो।‌ तपाईंहरुलाई टर्च लाइटमा भोट हाल्नु भनिरहनु पर्दैन। तर तपाईहरु गाउँमा गएर जनतालाई भोट हाल्न सम्झाउनु र बुझाउनुपर्छ।’ उनले अघि भने, ‘यो चुनाव अमित थापालाई जिताउनु होइन। अमर लामालाई मात्र जिताउनु होइन तर आफ्नोे आफ्नो ठाउँलाई जिताउनु हो।
उनले भने, विपक्षले काम गर्नुभन्दा अर्काको कामको भूल देखाउनु मात्रै छ। अर्काको कामको भूल देखाएर राजनीति गर्छ। काम चै केही गरेको छैन तर समस्या देखाएर भोट माग्छ। कमानको समस्या देखाएर भोट माग्छ।‌ तर समस्या समाधान गर्न अनित थापा निस्केको हो।
खरसाङ गिध्द पहाड क्षेत्रमा ९० प्रतिशत काम भईसकेको र यस क्षेत्रमा विगत २०१२ देखि आाफु क्षेत्रीय सभासद भएकोदेखि लगातार रुपमा काम गर्दै आएको छु। २०१२ अघि गिध्द पहाड क्षेत्र कस्तो थियोे र अहिले कस्तो छ त्यो विचार गर्नु होस्। यस क्षेत्रमा बाटो , पानी, सार्वजनिक भवन, गिर्जा, मन्दिर, गुम्बा,‌मूर्ति, दु:ख बिमारमा पनि साथ लगायत विविध कार्यहरु गरेको छु। अब यस क्षेत्रको जनताले काम गर्नेलाई भोट दिने कि काम नगर्नेलाई भोट दिने यो जनताले निर्णय हो गर्नुपर्छ।
उनले अघि भने, खरसाङको गिध्द पहाड क्षेत्र अहिले बिजिनेस हब बनेको छ।‌ यहाँ अझैं इन्भेस्टरहरु आईरहेका छन्। यस क्षेत्र धेरै विकासित भएर गईरहेको छ।’
थापाले भाजपाले अहिलेसम्म केवल आश्वासन मात्र दिएको छ।‌ तर आफुहरुले धेरै विकासको कार्य गरिरहेको बताए। उनले यसपालीको विधानसभा चुनावमा यस‌ क्षेत्रका जनताले विकासको आधारमा भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्।
अनित थापाले अझ भने, म बंगाल सरकारसित मिलेर काम गरेको हो। जनताको समस्या समाधानको लागि सरकारसित मिल्नुपर्छ। तर विगतमा जसलाई जिताउनु भयो धन्यवाद भन्न पनि आएन। काम पनि केही गरेको छैन। तर फेरि भोट माग्नु चै आउँछ।’
उनले भने, पञ्चायत व्यवस्था फर्काउने म हो। पञ्चायत व्यवस्था आएपछि गाउँ घरमा विकास भएर गएको छ। मैले जमीनको पट्टा दिने भन्दा सबैले नक्कली भनेर अस्वीकार गरे तर सरकारले दिने पनि कहीं नक्कली हुन्छ र? पहाडको ८० प्रतिशत जनताको जमीनको कागज छैन।’
थापाले गोर्खा जातिको जनसङ्ख्या घटेको विषयमा पनि‌ बोल्दै भने, मानिस अल्छे भएको छ। पहिला मानिसहरु बेसी भएर भूइँमा सुत्थे तर अहिले घरमा बस्ने मानिस नै छैन। यस विषयमा हामीले सोच्नुपर्छ‌।’

About Author

Advertisement