खरसाङ: खरसाङको गाड़ीधुरामा शहीद मेजर दुर्गा मल्लको १०९ औं जन्म जयन्ती पालन गरिएको छ। गाड़ीधुराको नवदीप परिवारद्वारा २०२१ मा निर्माण गरिएको मेजर दुर्गा मल्लको शालिग परिसरमा नवदीप परिवारद्वारा मेजर दुर्गा मल्लको जन्म जयन्ती पालन गरिएको छ। संघका सदस्यहरू उपस्थित भई शालिकमा फूल माला चढ़ाएर साधरण तरिकाले जन्म जयन्ती पालन गरिएको छ। वर्षायामलाई मध्य नजर राखेर कुनै भव्य कार्यक्रमको आयोजना नगरिएको संघका सदस्यहरुले जानकारी गराए साथै मणिपूरमा पैह्रोको चपेटामा परेर शहीद भएका भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरुलाई पनि श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारप्रति संघको तर्फबाट समवेदना प्रकट गरेका छन्। आजको यस जन्म जयन्ती कार्यक्रममा संघका सचिव रोशन विश्वकर्मा, कोषाध्यक्ष सुवास छेत्री, वरिष्ठ सदस्य डीके विश्वकर्मा, सदस्य संजोग रोका, कुनाल छेत्री लगायत अन्य उपस्थित थिए।









