खरसाङ: खरसाङ महकुमा अन्तर्गत अम्बटे चिया बारी क्षेत्रमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको बूथ गठन कार्यक्रम सम्पन्न भएको छ।खरसाङ महकुमा अन्तर्गत पर्ने अम्बटे क्षेत्रको बसेरी गाउँमा इन्डियन गोर्खा जनशक्ति फ्रन्टको बूथ गठन कार्यक्रम सम्पन्न भएको छ। उक्त बूथ गठन कार्यक्रम ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका सदस्य मणिकुमार प्रधानको सक्रिय पहल तथा नेतृत्वमा सम्पन्न हुन सकेको बताइएको छ। उनको निरन्तर संगठनात्मक प्रयास र स्थानीय जनसम्पर्कका कारण अम्बटे क्षेत्रमा पार्टीको संगठन थप सुदृढ बन्न पुगेको जानकारी प्राप्त भएको छ। यस कार्यक्रममा २६ परिवार औपचारिक रूपमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीमा सहभागी भएका छन्। नवप्रवेशी परिवारहरूलाई पार्टीको नीति, सिद्धान्त र उद्देश्यबारे जानकारी गराउँदै, पार्टीमा आत्मीयता र सम्मानका साथ स्वागत गरिएको छ।
उक्त कार्यक्रममा खरसाङ ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रवक्ता तथा केन्द्रीय सदस्य सदस्य आर.के. शर्मा तथा केन्द्रीय सदस्य साथै चिम्नी देवराली ग्राम पञ्चायतका पञ्चायत प्रधान बिमल तामाङ अनि अभिनन्दन रावत खरसाङ नगरपालिका क्षेत्रका को–अर्डिनेटरको विशेष उपस्थिति रहेको थियो। उनीहरुको हातबाट नयाँ सदस्यहरूलाई पार्टीको झण्डा प्रदान गरी ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट परिवारमा औपचारिक रूपमा स्वागत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले अम्बटे क्षेत्र लामो समयदेखि विकास र परिवर्तनको अपेक्षामा रहेको उल्लेख गर्दै आजको यो बूथ गठन कार्यक्रम अम्बटे क्षेत्रको राजनीतिक चेतना र समग्र परिवर्तनतर्फको एक ठोस तथा ऐतिहासिक कदम भएको बताए। जनताको हक–अधिकार, विकास, सुशासन तथा हाम्रो गोर्खा जातिको पहिचान र सम्मानका लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट निरन्तर संघर्षरत रहने प्रतिबद्धता पनि व्यक्त गरियो।

स्थानीय बासिन्दाहरूले पनि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टप्रति भरोसा व्यक्त गर्दै आउँदो दिनहरूमा अम्बटे क्षेत्रको विकास, युवाको सशक्तिकरण र जनसमस्याको समाधानका लागि पार्टीसँग हातेमालो गर्दै अघि बढ्ने अठोट व्यक्त गरेको बताइएको छ। कार्यक्रम शान्तिपूर्ण, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र यस बूथ गठनसँगै अम्बटे क्षेत्रको संगठनात्मक आधार थप मजबुत बनेको स्पष्ट देखिएको छ प्रवक्ता रामकृष्ण शर्माले जानकारी दिएका छन्।










