खरसाङ: खरसाङका सक्रिय युवाहरुका सामाजिक संस्था ईभान फाउण्डेशनको पाँचौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। ईभान फाउण्डेशन हालैमा पञ्जीकरण भएको संस्था हो र यो संस्थाले पाँच वर्षको अन्तरालमा सडकमा गीत गाएर बिमारीहरूकाे निम्ति सहयोग गर्दै केही परियारको निम्ति काम गर्ने, र कहिले स्कूलको रंग लगाउने गरे त कहिले विद्यार्थीहरुको इच्छा पूरा गरेका छन्। खरसाङको ग्राम सुधार समितिमा यस संस्थाले आफ्नो स्थापना दिवस पालन गरेको छ।कार्यक्रममा ईभान फाउण्डेशनले प्रदान गर्ने स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार २०२५ श्री संजय क्षेत्रीलाई उनको सामाजिक र खेलकूदको क्षेत्रमा देएको योगदानको लागि गर्दै प्रदान गरियो। त्यसरी नै साहित्य र सामाजमा ठूलो योगदान पुर्याउने गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामालाई प्रदान गरियो यसै गरी भोकल फर लोकलका आइकन मानिने मिङमा गिर्मी शेर्पालाई प्रदान गरिएको छ। कार्यक्रममा मुख्य अतिथिको रुपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा साहित्यकार ग्याल्पो लामा थिए उपस्थित थिए। कार्यक्रममा ग्लोरियस आई आई एच एम, परिवर्तन मुभमेन्ट, के नाईन, आवाज, सद्भावना सोसियल वेलफेयर सोसाइटी, लाली गुराँस, ग्राम सुधार समितिका प्रतिनिधि पनि उपस्थित थिए। समारोहमा ईभान फाउण्डेशनका अध्यक्ष प्रशान्त शर्माले संगठनको स्थापना र उद्देश्यसँगै खरसाङको युवाहरू पलायन हुनु अनि युवाहरू कुलतमा लाग्नु भनेको खरसाङको भविष्य अन्धकारमा डुब्नु हो र राम्रो शिक्षा ग्रहण गरेका युवाहरु खरसाङमा बस्नुपर्छ र खरसाङलाई राम्रो बनाउनु सक्नु पर्छ भनी बताएका छन्। विशिष्ट अतिथि ग्याल्पो लामाले समारोहमा ईभान फाउण्डेशनको प्रशंसा गर्दै यस युवा संस्थाले ईतिहास रचनेछ भन्दै ईभान फाउण्डेनका युवाहरुलाई सहयोग अनि मार्गदर्शन गर्ने सुझाव दिएका छन्। प्रमुख अतिथि सभासद श्याम शेर्पाले स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कारको सराहना गदै गोर्खे जातिले देशको निम्ति दिएको बलिदान हामीले देशलाई बताउनु सक्नु पर्छ अनि ईभान फाउण्डेशनको कामको सराहना गरेका छन्।









