खरसाङका ईसाई धर्मवालम्बीहरुसित अनित थापाको सभा सम्पन्न

IMG-20260318-WA0093

खरसाङ: खरसाङका ईसाई धर्मवालम्बी अनि नगरपालिका अधीनस्थ एसएजीएसडब्लुएमएसएसके अनि स्वास्थ्य कर्मीसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङकोे मारवाडी भवनमा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमामा बस्ने ईसाई धर्मलाई विश्वास गर्ने धर्मावलम्बीहरुकोकाे ग्रेबयार्डको समस्या समाधान हेतु बनाईएको खरसाङ युनाइटेड क्रिष्टियन ग्रेवयार्ड कमिटीका सदस्यहरुसँग सभा सम्पन्न भयाे। सभाको प्रथम चरणमा खरसाङकोे टाउन कमिटी हलमा भागोप्रमोका केन्द्रीय अध्यक्ष अनित थापाकोे अध्यक्षतामा सभा सम्पन्न भयो। खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पार्खीनद्वारा सञ्चालन गरिएको थियो। सभामा पास्टर राजेन घहतराजले उपस्थित सदस्यहरुसँग परिचय साट्दै खरसाङमा इसाई धर्ममा विश्वाश गर्ने धर्मावलम्बीहरूले विगत २१ वर्षदेखि भोग्दै आएका ग्रेवयार्डको समस्याको जानकारी गराउँदै समाधान गर्नको निम्ति खरसाङ यूनाइटेड क्रिश्चियन ग्रेवयार्ड कमिटीका पदाधिकारीहरूको परिचय गराए। खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले स्वागत भाषण राखेकी थिइन्। ईसाई ग्रेबयार्डका कमिटीद्वारा जीटीए अध्यक्ष अनित थापा, माइनॉरिटी अफेयर्सका सल्लाहकार रेभरेन्ट रमेश गुरूङ अनि मञ्चमा आसिन नेत्तृत्वगणलाई खदा अनि फुलगुच्छा दिएर स्वागत जनाए। सभामा १५ वटा चर्चको पक्षबाटट ग्रेवयार्डको मांग गर्दैै कमिटीका सदस्य सन्नी सापकोटाले मांग पत्र पठन गरेर जीटीए प्रमुखलाई सुम्पेका थिए। जीटीए प्रमुख अनित थापाले भने, ईसाईहरूको दाह संस्कारकोे व्यवस्था नगरपालिकाद्वारा पूर्व अध्यक्ष समीर दीप ब्लोनको कार्यकालमा गरिएको थियोे। तर अस्थायी रूपमा छ र तपाईंहरुको समस्याकोे जानकारी पाएँ तर अलिक ढिलो भयाे चुनावी नियम अनुसार आचार संहिता लागू भए पश्चात कूनै प्रकारको आश्वासन दिन चुनावी उलंघन हुन्छ भन्दै हजुरहरूको समस्या एकदमै बुनियादी समस्या हाे। सभामा केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोनले सांगठनिक वक्तव्य राखे। सभामा वरिष्ठ पास्टर अजय छेत्री अनि पास्टर पावल योञ्जनले प्रार्थना गरी जीतकोे निम्ति शुभकामना दिएका थिए। दोस्रो चरणकोे सभा नगरपालिका अधीनस्थ स्वास्थ्य कर्मी, एसएसजीएसएसके अनि एसएडब्लुएमकाहरुलाई लिएर सयुंक्त रुपमा जीटीए प्रमुख अनित थापाकोे अध्यक्षतामा संपन्न भयो। सभामा स्वास्थ्य कर्मीको तर्फबाट सरिता गुरुङ एसएसजीबाट ललिता शेर्पा एसडब्लुएमबाट संगीता थापा अनि एसएसकेबाट निर्मला प्रधानले आफुहरुले भोगिरहेको समस्यासँग जीटीएलाई अवगत गराउँदै लिखित मांग पत्र सुम्पेका‌ थिए। नगरपालिकाका वडाबाबु सुरेन्द्र कटुवालले नगरपालिकाकोे विभिन्न योजनाहरुकोे जानकारी दिँदै सभालाई सम्वोधन गरे। सभामा जीटीए प्रमुख अनित थापाले विगतको समयबाट जागरूक भएर वर्तमानमा पहाड़का जनता स्वानिर्भर हुँदै गएकोमा खुशी व्यक्त गरे। उनले सभामा जति पनि समस्याहरुकोे जानकारी प्राप्त भयो समाधानको निम्ति नगरपालिकाकोे अधिकारीहरुसँग बसेर पहल गरिदिने आश्वासन दिए। सभाको सञ्चालन खरसाङ महकुमा नारी शक्तिका अध्यक्ष सविता कार्कीले गरेका थिए भने आजको सभामा खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्मा,उपाध्यक्ष संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, २८ नम्बर चिम्नी देउराली समष्टि नारी शक्तिका अध्यक्ष सुष्मा मुखिया, खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी सुब्बा प्रधान, सह सचिव सरिता मुखिया, सह प्रचार प्रसार सचिव रवि ताेलंगी, कार्यकारीणी सदस्य बिशन तामाङ अनि सपना सेवा उपस्थित थिए।

About Author

Advertisement