क्षेत्रीय खेलाड़ीहरूलाई प्रोत्सहान साथै अघि ल्याउन गोरूबथान ४३ न. समष्टि सभासद रतन थापाले गरे विभिन्न संघ संस्था लिएर सभा

गोरूबथान: सोमबारे बजारमा अवस्थित सभासद कार्यलय हलमा गोरूबथान क्षेत्रको खेलाडीहरूलाई प्रकाशमा ल्याउने पहल विषय लिएर ४३ नम्बर समष्टि सभासद रतन थापाको नेतृत्वमा एक सभाको आयोजना गरियो।
आज समपन्न यस सभामा विशेषरूपले गोरूबथान अन्तर्गत रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिगण लगायत गोरूबथान स्पोर्ट्स एसोसिएसनका पदाधिकारीगण उपस्थित थिए।
यस सभाको सञ्चालन कार्यकारीणी सदस्य काशीराम प्रधानले गरेका थिए ।दिवसीय सभापतिको आशनमा गोरूबथान स्पोर्ट्स एसोसिएसनका प्रमुख सल्लाहकार केशव प्रधान थिए।गोरूबथान स्पोर्ट्स एसोसिएसन सभापति भीम प्रधानले स्वागत भाषण गरेका थिए।सभाको विषय वस्तुबारे सम्बोधन गर्ने क्रममा सभासद रतन थापाले खेलको दुनियाँमा गोरूबथानको नाउँ उच्चस्तरमा आउने एउटा समय थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडीहरू गोरुबथानले दिएका थिए। फेरी सोही गरिमा फर्काउने सम्भावित पहल गर्दै क्षेत्रीय खेलाडीहरूलाई प्रोत्सान गर्न जमर्को कस्ने प्रस्ताव उपस्थित संघ संस्था समक्ष राखे। गोरूबथान स्पोर्ट्स एसोसिएसन गठन गरेर क्षेत्रीय खेलाडीहरूलाई संरक्षण गर्न अनुभवी खेलप्रेमी ब्यक्तिवर्गप्रति अघि आएर साथ दिनु भएको खण्डमा आभार ब्यक्त गर्दै, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले क्षेत्रीय खेलाडीहरूको निम्ति तयार पारेको योजनाबारे जानकारी गराए। त्यसोले क्षेत्रीय खेलाडीहरूलाई तयार पारिदिने अनि प्रथम मौका दिने सबैप्रति अनुरोध गरे।सभालाई सम्बोधन गर्ने क्रममा दिवसीय सभापति केशव प्रधानले सबै संघ संस्थालाई भारीमात्रमा उपस्थीतिको निम्ति धन्यवाद टक्राए साथै सभासदको पहलमा सबैको साथ र सहयोगको अपिल गरे।
अन्तमा उपस्थित संघ संस्थाको पक्षबाट आएको सुझावहरूमा चर्चा परिचर्चा पश्चात सभासदको पक्षबाट संघ संस्थालाई शुरूवाती तौरमा भलिबल अनि नेट वितरण गरे साथै जानकारी गराए कि यस खेलको समाग्रीलाई प्रयोगमा ल्याईदिने र प्रथम स्तरमा, आगामी महिनातिर अन्तर गोरुबथान,४३ न.समष्टि भलिबल प्रतियोगितामा क्षेत्रीय दल र खेलाडीहरुको बाक्लो सहभागिता रहेको पाउने आशा जाहिर गरे साथै गोरुबथानको गरिमालाई फर्काइ ल्याउन सबै संघ संस्थाको सहयोगको अपिल गरे।

यस सभामा गोरूबथान स्पोर्ट्स एसोसिएसनको तर्फबाट विनोद लामा, गोरूबथान चालक महासंघ,सभापति उदय गुरूंग, मूल सचिव, निमा तामांग, गोरूबथान ग्रासरूट फाण्डेशन, सचिव ओमप्रकाश कार्की, भागोप्रमो, ४३ न.समष्टि जोन-२ सभापति पेमा योञ्जन, युवा शक्ति केन्द्रिय समिति सदस्य अशोक छेत्री, भागोप्रमो, जोन-१, कार्यकारिणी सभापति डी. बी. सार्की, हितडुपालेयु कालिम्पोंग जिल्ला सभापति डी. बी. छेत्री, विशेषरुपमा उपस्थित थिए।गोरुबथान स्पोर्ट्स एसोसिएसनका प्रचार प्रसार प्रभारी हैदर अलीले जानकारी दिएका छन्।

About Author

Advertisement