क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थानद्वारा सचेतना कार्यक्रम

n642555711173368248344860ec2f628e55d11ea2be131d69acf9f72d6f9b15d8b5403c58f87878949547ce

गान्तोक: क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान गान्तोकको आयोजनामा शनिवार देउरालीस्थित एनआईटीमा फार्माकोविजिलेन्स सम्बन्धी एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा अनुसन्धान अधिकारी डा. श्रीलक्ष्मी आरएसले अहिलेसम्म यस संस्थानमा उपलब्ध सुविधाहरू र आयुर्वेदको विकासमा गरेका योगदानका बारेमा जानकारी गराइन्।
यसै गरी संस्थानका सहायक निदेशक डा. अचिन्त्य मित्रले गान्तोकमा आयुष उपचारमा फार्माकोविजिलेन्सद्वारा गरिएको पहलबारे जानकारी गराए। उनले विशेषरूपमा प्रतिकूल औषधि प्रतिक्रिया तथा भ्रामक विज्ञापनदेखि सावधान रहने उपायबारे पनि जानकारी गराए। कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो।

About Author

Advertisement