क्षेत्रको विकासमा सामूहिक पहलको आवश्यकता जरूरीः मन्त्री भीमहाङ सुब्बा

IMG-20230513-WA0286.jpg

याङथाङ। सिक्किम राज्यका जनस्वास्थ्य अभियान्त्रिकी, जल स्रोत अनि कौशल विकास विभागीय मन्त्री भीमहाङ लिम्बूले आज आफ्नो समष्टिअन्तर्गत याङथाङ ग्राम पञ्चायत अधीनस्थ लाङगाङमा आयोजित समन्वय बैठकमा सहभागिता जनाए। यस समन्वय बैठकमा अध्यक्ष जनक गुरुङ, समष्टि स्तरीय समितिका अध्यक्ष टाशी वाङ्गेल भोटिया, जिल्ला पञ्चायत पूर्ण फुरुम्बो, समष्टि स्तरीय समितिका कार्यकारी सदस्यहरू, पञ्चायत सदस्यगण, खण्ड स्तरीय समितिका प्रतिनिधिहरू लगायत स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले क्षेत्रको विकासमा सामूहिक पहलको आवश्यकतामाथि जोर दिए। राज्यको सर्वाङ्गीण विकासमा राज्य सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री लिम्बूले प्राथमिकताको आधारमा सबै समस्याहरू समाधान गरिने विचार पोखे।
बैठकपछि मन्त्रीले क्षेत्रवासीसँग भेट गर्दै उनीहरूको गुनासो सुन्ने कार्य गरे। ती गुनासोहरूलाई ध्यानपूर्वक सुनेपछि मन्त्री लिम्बूले सम्भवतः प्राथमिकताको आधारमा सबै समस्या समाधान गरिदिने वचन दिए।

About Author

Advertisement