क्षयरोगमाथि सचेत गराउन म्याराथन दौड आयोजित

IMG-20230321-WA0265.jpg

गान्तोक: मंगन जिल्ला ट्युबरक्लोसिस सेन्टरको पहलां आज सर्ट म्याराथन दौड प्रतियोगिता आयोजना गरियो। यस प्रतियोगितालाई मंगन जिल्लाका चिफ मेडिकल अफिसर डा. टेम्पो छेवाङ कल्योणले झण्डा हल्लाएर प्रस्थान गराए। उक्त प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य क्षयरोग सम्वन्धि मंगन जिल्लाका आम मानिसहरूलाई सामाजिक चेतना ल्याउनु रहेको हो। यस कार्यक्रमको थिम “यस वी क्यान इन्ड टीबी” रहेको थियो।

मंगन जिल्लाको सामुदायिक भवनबाट शुरू भएको म्याराथन दौड प्रतियोगिता जिल्ला अस्पतालमा पुगेर समापन भयो। यो प्रतियोगितालाई दुईवटा वर्गमा विभाजित गरिएको थियो, जसमा १६ वर्ष भन्दा कम उमेरका महिला र पुरूषलाई सामेल गराइएको थियो। आजको यस प्रतियोगिता सहभागी साथै विजयी हुनेहरूलाई आगामी २४ मार्ट विश्व क्षय रोग दिनवसको अवसरमा प्रमाण पत्र साथै पुरस्कार प्रदान गरिने भएको छ।

यस प्रतियोगितामा पुरूषवर्गमा अमृत विश्वकर्मा प्रथम बनेका छन् भने छोडेन लेप्चा दोस्रो र दिपक छेत्रीले तेस्रो स्थान प्राप्त गरेका छन्। सोही प्रकारले महिलावर्गमा कल्पना छेत्री प्रथम बनेकी छन्

About Author

Advertisement