क्वार्टर फाइनलमा पुगेर इतिहास रचिन् मनिका बत्राले

IMG-20240510-WA0000.jpg

नयाँ दिल्ली: भारतकी स्टार टेबल टेनिस खेलाड़ी मनिका बत्राले जीतको लय कायम राख्दै इतिहास रचिन्। मनिका एलीट डब्ल्यूडब्ल्यूटी टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाउने पहिलो भारतीय महिला टेबल टेनिस खेलाड़ी बनेकी छन्। उनले विश्वकी १४औं नम्बरकी खेलाड़ी नीना मिट्टेलहमलाई पराजित गरिन्। दोस्रो राउण्डमा विश्वकी दोस्रो नम्बरकी खेलाड़ी चीनकी वांग मान्युलाई पराजित गरेपछि मनिकाले जर्मनीकी अनुभवी खेलाड़ी नीनालाई केवल २२ मिनटमा ११-६, ११-९, ११-७-ले सजिलै पराजित गरिन्। यस प्रतिद्वन्द्वी विरुद्ध चारवटा प्रयासमा यो मनिकाको पहिलो जीत हो। अन्तिम आठमा मनिकाले विश्वकी पाँचौं नम्बरकी खेलाड़ी जापानकी हिना हयाता विरुद्ध खेल्नेछिन्। अहिले विश्व ऱ्याङकिंग ३९औं स्थानमा रहने मनिका यस प्रदर्शनपछि शीर्ष २५-मा पुग्ने पक्का छ। म्याच जितेपछि मनिकाले भनिन्, म्याच असाधारण रह्यो। यस जीतले आत्मविश्वास दिनेछ। यस फर्मलाई कायम राख्नु महत्त्वपूर्ण हुनेछ।

About Author

Advertisement