क्रिस गेलको रेकर्ड तोड़्न सफल रोहित

IMG-20260112-WA0054

वडोदरा: भारतका स्टार ओपनिंग ब्याटर रोहित शर्माले आइतवार इतिहास रचे। उनी वनडे इण्टरनेशनल क्रिकेटमा सर्वाधिक छक्का लगाउने ओपनर बने। उनले आइतवार न्यूजील्याण्डविरुद्ध वनडे सीरीजको पहिलो म्याचमा यस विशेष उपलब्धिलाई हासिल गरे। रोहितले बेन फक्स र काइल जेमिसनको बलिंगमा २ वटा छक्का लगाए। यसको साथै रोहितले इण्टरनेशनल क्रिकेटमा आफ्नो ६५० वटा छक्का पनि पूरा गरे। यस उपलब्धिसम्म पुग्ने रोहित विश्वका एकमात्र क्रिकेटर हुन्। वनडे इण्टरनेशनलमा दोस्रो सर्वाधिक छक्का (५५३ वटा) लगाउने रेकर्ड वेष्ट इण्डिजका क्रिस गेलको नाममा रहेको छ। यस सूचीमा पाकिस्तानका शाहिद अफरीदी (४७६) तेस्रो स्थानमा रहेका छन्। रोहितले म्याचमा २९ बलमा २६ रन बनाए, जसमा ३ वटा चौका र २ वटा छक्का सामेल छ। रोहितले म्याचको अवधि वनडे इण्टरनेशनल क्रिकेटमा ओपनरको रूपमा सर्वाधिक छक्का लगाउने गेलको रेकर्ड तोड़े। रोहितले ३२९ वटा छक्का लगाइसकेका छन् जबकि गेलले आफ्नो वनडे करियरमा ३२८ वटा छक्का लगाएका थिए।

About Author

Advertisement