भद्रपुर: नेपाली राष्ट्रिय टीमका खेलाडी जितेन्द्र मुखिया नेपाल प्रिमियर लिग (एनपीएल) मा ५ लाखमा विराटनगर किंग्सबाट खेल्नेछन्। उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ। टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए। त्यसपछि भने जितेन्द्रको नाम सिनियर टोलीमा बिरलै सुनिएको छ।









