ढाका: बंग्लादेश क्रिकेटमा गत केही दिनदेखि विवादले रोकिने नाम लिएको छैन। अहिले खेलाड़ीहरूका हितमा बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-विरुद्ध आवाज उठाइरहेका सीनियर क्रिकेटर मोहम्मद मिथुनले बताएअनुसार, उनलाई प्राण नाशक धम्कीहरू प्राप्त भइरहेको छ। बीसीबी-का शीर्ष अधिकारी नजमुल इस्लामले क्रिकेटरहरूविरुद्ध अपमानजनक टिप्पणी गरेपछि विवाद शुरु भएको थियो। बंग्लादेशका शीर्ष क्रिकेटरहरूले इस्लामको बयानको निन्दा गरेका थिए। क्रिकेटर्स वेलफेयर एसोसिएशन अव् बंग्लादेश (सीडब्ल्यूएबी)-का अध्यक्ष मिथुनले एउटा साक्षात्कारमा भने, मलाई प्राण नाशक धम्कीहरू प्राप्त भइरहेको छ अनि यो कुरा सत्य हो। यो मेरो निम्ति पहिलोपल्ट भएको हो। मैले कहिले पनि कुनै विवादित कुरा भनिन। यसैकारण धम्की किन आइरहेको छ भन्ने बुझ्न सकेको छुइनँ। मैले कहिले पनि देशको विरोधमा कुरा गरेको छुइनँ। मिथुनले बताएअनुसार, उनको बयान कुनै निजी एजेण्डाको निम्ति नभएर केवल खेलाड़ीहरू अनि क्रिकेटको हितमा थियो। उनले भने, मैले देशको विरोधमा एक शब्द पनि प्रयोग गरेको छुइनँ। म केवल क्रिकेट अनि खेलाड़ीहरूका भलाईमा बोलिरहेको थिएँ। देशभन्दा माथि कोही पनि हुँदैनन्। मलाई अहिले भोइस नोट्सको माध्यमले धम्की प्राप्त भइरहेको छ। म अहिले नयाँ नम्बरहरूबाट आएको कल रिसिभ गरिरहेको छुइनँ तर व्हाट्सएपमा म्यासेज र भोइस नोट्सलाई त रोक्न सक्दिन। म मात्र नभएर अन्य खेलाड़ीहरूलाई पनि यस्तै धम्की प्राप्त भइरहेको छ।
लगातार बढ़िरहेको विवादबीच बंग्लादेश क्रिकेट बोर्डले यी धम्कीहरू र खेलाड़ीहरूका नालिशको जाँच गर्ने आश्वासन दिएको छ। बीसीबी-का निदेशक अफ्तेखारले भने, हामीसँग सुरक्षा विभाग छ। यस मामिलालाई गम्भीरतापूर्वक लिन मैले सुरक्षा टीमलाई निर्देश दिएको छु। हामी यसलाई हल्कामा लिन सक्दैनौ। उल्लेखनीय छ, यस विवादको केन्द्र बिन्दु बोर्डका पूर्व अधिकारी नजमुल इस्लाम हुन्, जसले बंग्लादेशका पूर्व कप्तान तमीम इकबाललाई भारतका एजेण्ट बताएका थिए। तमीमले भारत र बंग्लादेशबीच जारी तनाउबीच संवादको अपील गरेका थिए। त्यसपछि इस्लामले तमीमलाई भारतको एजेण्ट बताएका थिए। यसको साथमा उनले बंग्लादेशका क्रिकेटरहरूले भारतमा टी२० वर्ल्ड कपको म्याचहरू नखेल्ने बोर्डको फसेलालाई समर्थन नगरेको पनि आरोप लगाएका थिए। त्यसपछि खेलाड़ीहरूले पनि इस्लामलाई बर्खास्त नगरिएसम्म देशमा सबै थरीको क्रिकेटलाई बयकट गर्ने धम्की दिएका थिए। यी समस्त घटनाक्रमले गर्दा बंग्लादेश प्रीमियर लीगको म्याचसहित ढाका लीगको फिक्स्चर पनि रद्द भएको थियो। यसले गर्दा बंग्लादेश क्रिकेटमाथि अन्तर्राष्ट्रिय दबाउ पनि बढ़ेको थियो।









