क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरे सुरेश रैनाले

IMG-20220906-WA0157.jpg

६ सेप्टेम्बरः पूर्व भारतीय ब्याटर सुरेश रैनाले मंगलवार क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरे। अब उनी विदेशहरूमा हुने टी२० लीगहरूमा खेल्ने योग्य भएका छन्। यस ३५ वर्षीय खेलाड़ीले १५ अगस्त २०२०-मा महेन्द्र सिंह धोनीले सन्न्यासको घोषणा गरेक लगत्तै पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका थिए। रैनाले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२१-मा खेल्न जारी राखेका थिए तर २०२२-को सीजनमा उनलाई चेन्नई सुपर किंग्सको टीममा सामेल गरिएन। यसबाहेक लिलामीमा उनलाई कुनै टीमले खरीद गरेन। रैनाले भारतीय क्रिकेट बोर्ड, उत्तर प्रदेश क्रिकेट संघ र चेन्नई सुपर किंग्स प्रति आभार व्यक्त गर्दै ट्वीट गरेका छन्, आफ्नो देश अनि राज्य उत्तर प्रदेशको प्रतिनिधित्व गर्नु मेरो निम्ति सम्मानको कुरा हो। म क्रिकेटको सबै प्रारूपहरूबाट सन्न्यास लिएको घोषणा गर्दछु।
बीसीसीआई-को नियम अनुसार, भारत या घरेलु स्तरमा सक्रिय खेलाड़ीले विदेशी लीगहरूमा हिस्सा लिन सक्दैनन्। यसैकारण विश्वभरि टी२० लीग खेल्न रैनाको निम्ति सन्न्यास लिनु जरूरी थियो। उनलाई आउँदो साल दक्षिण अफ्रिकाको नयाँ टी२० लीगमा देखिने सम्भावना छ। यस लीगका सबै ६ वटा टीमको स्वामित्व आईपीएलका मालिकहरूसँग रहेको छ। रैनाले आफ्नो अन्तिम प्रतिस्पर्धी म्याच अक्टोबर २०२१-मा राजस्थान रोयल्स विरुद्ध अबु धाबीमा खेलेका थिए। भारतको तर्फबाट रैनाले १८ वटा टेस्ट, २२६ वटा वनडे र ७८ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेका थिए। उनी २०११-मा वर्ल्ड कप विजेता भारतीय टीमका सदस्य थिए।

About Author

Advertisement