क्रामाकपाद्वारा दार्जिलिङमा राज्य र केन्द्र सरकार विरुध्द विक्षोभ प्रदर्शन

CollageMaker_2023318194410772.jpg

दार्जिलिङ: क्रान्तिकारी मार्क्सवाद कम्युनिष्ट पार्टीले आज दार्जीलिङ चोक बजारमा राज्य र केन्द्र सरकार विरुध्द विक्षोभ प्रदर्शन गरेको छ। विक्षोभ प्रदर्शन अघि क्रामाकपा केन्द्रीय पार्टी कार्यालयबाट हिल कार्ड रोड हुँदै विभिन्न मागहरू जस्तै ‘पीपीएस चाढ़ो पूरा गर्नुपर्छ’, ‘मोदीले गोर्खालाई देखाएको सपना कहिले पुरा हुने?’ ‘राज्य सरकारको पहाड विरोधी कार्य पञ्चायत र पञ्चायत समितिमा ७०० र ३००० हजार भोट गर्ने, दखल गरिएको सबै जमीनको पर्जा पट्टा दिनु पर्ने आदि आदि
लेखेको प्ले कार्ड लिएर मौन जुलुसले बजार परिक्रमा गरेको थियो। त्यसपछि चोक बजारमा आएर विक्षोभ प्रदर्शन गरे।
विक्षोभ प्रदर्शनको अगुवाई केन्द्रीय महासचिव नर्बु लामा, उप सभापति अर्जुन थापा, कैलाश खवास, प्रवक्ता अरुण घतानी, केन्द्रीय सदस्य बले डुक्पा, मोहन पौड्याल, बिन्दिया गोतामे, संजिला घिसिङ आदिले गरेका थिए।

About Author

Advertisement