दिल्लीमा संसद धरनाको कार्यक्रमलाई लिएर क्रामाकपाको शीर्षस्थ टोली र गोजमुमो अध्यक्ष बिमल गुरुङमाझ भेटघाट

IMG-20260107-WA0056

दार्जिलिङ: आगामी ९ र १० फरवरी २०२६ को दिन दिल्लीमा संसद धरनाको कार्यक्रमलाई सफल तुल्याउन क्रामाकपा केन्द्रीय कमिटीको शीर्षस्थ टोली दार्जिलिङ सिंहमारीस्थित गोजमुमो केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष बिमल गुरुङलाई भेट गरी निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रमलाई सफल तुल्याउन उनको पार्टीबाट हरसम्भव सहयोग गर्ने उनले आश्वासन सँगसँगै उनी स्वयं पार्टीका शीर्षस्थ नेतृत्वहरू धर्ना कार्यक्रममा सहभागी बन्ने पनि वचन दिएका छन्। लगभग एक घण्टाको सौहार्दपूर्ण वार्तालापमा गोर्खा जातिको दीर्घकालीन मुद्दा साथै राजनैनिक परिस्थितिबारे पनि चर्चा गरियो। यसरी नै एकबद्ध भई सहकार्य गर्न सके मात्र जातिको हित हुने बारे पनि विचार विमर्श गरिएको जानकारी प्राप्त भएको छ। क्रामाकपा शीर्षस्थ टोलीमा पार्टीका महासचिव कमरेड नर्बु लामा, संयोजक कमरेड अर्जुन थापा, केन्द्रीय प्रवक्ता कमरौड अरुण घतानी, संगठन प्रमुख कमरेड शेखर क्षेत्री अनि मिडिया सेल प्रभारी कमरेड अर्पण राईको उपस्थिति रहेको थियो।

About Author

Advertisement