दार्जिलिङ: क्रामाकपाको एक शिष्ट मण्डली टोलीले केन्द्र सरकारद्वारा दार्जिलिङ तराई डुवर्सको गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्न नियुक्त गरिएको इन्टरलोक्युटर पंकजकुमार सिंहलाई आईतवार भेट गरेका छन्।

उक्त शिष्ट मण्डलीमा क्रामाकपा अध्यक्ष जेबी राई, महासचिव नर्बु लामा, प्रवक्ता अरूण घतानी, संगठन प्रमुख शेखर छेत्री लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। प्रतिनिधि टोलीले एक सूत्री मांग अलग राज्य गोर्खाल्याण्ड गठन गरेर गोर्खाहरूलाई भारत सरकारले न्याय गरिनु पर्ने दावीसहितको एक स्मारक पत्र पेश गरेको जानकारी प्राप्त भएको छ।

सिंहलाई गोर्खाल्याण्डको आवश्यकता र पहाड तराई डुवर्सको स्थितिमाथि बुँदागत रूपमा विस्तारित चर्चा गरिएको जानकारी प्राप्त भएको छ।









