क्राइ एनजीओद्वारा वृक्ष रोपन

IMG-20220605-WA0142.jpg

खरसाङ: विश्व पर्यावरण दिवसको अवसरमा क्राइ एनजीओद्वारा खरसाङको रोहिणी चिया बगानका बिरुवा रोपन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। बागान बाबु थेबा बल, सामाजिक कार्यकर्ता अनिमा खवास, रतन दर्जी, निवास तामाङलाई यस कार्यक्रम सफल पारिदिएकोमा संगठनको पक्षबाट विशेष आभार प्रकट गरियो। यसै कार्यक्रममा स्थानीय नानीहरूले कविता वाचन गरी प्रकृतिलाई बचाउन सन्देश दिएका थिए। संस्थाकी स्वयंसेवी शिक्षिका पूजा कालिकोटेले कार्यक्रमको अन्त्यमा धन्यवाद दिँदै सबैको जन्म दिनमा चकलेट बाँड्नुको सट्टा कम्तीमा पनि एउटा बिरुवा रोप्ने प्रयास गरौं ताकि हाम्रो मातृ प्रकृति सधैं हरियाली र सुन्दर रहोस् भनी आग्रह गरिन् । उनले रुख बचाऊँ, हाम्रो प्राण बचाऊँ भन्ने भनाइलाई अघि राख्दै संस्थाको पक्षबाट सबैलाई विश्व वातावरण दिवसको शुभकामना दिइन्।

About Author

Advertisement