क्याबिनेट मन्त्री अतुल बोरा द्वारा गोर्खा भवनको उद्घाटन

IMG_20221118_223911.jpg

गोलाघाट: असमका क्याबिनेट मन्त्री एवं स्थानीय विधायक अतुल बोराले शुक्रवार बोकाखातमा असम गोर्खा सम्मेलनको गोलाघाट पश्चिम जिल्ला समितिको नवनिर्मित गोर्खा भवनको विधिवत उद्घाटन गरियो। यस अवसरमा मन्त्री बोराले गोर्खा समाजको विकासको निम्ति राज्य सरकारले गरिरहेका कार्यहरूको बारेमा जानकारी दिए। सरकारद्वारा समाजको उत्थानको निम्ति उनले हर सम्भव मद्दतको आश्वासन दिए।
ज्ञात रहोस गोर्खा समुदाय असमका प्रमुख जातिहरू मध्ये एक हो। गोर्खा समाजको आफ्नो कला, संस्कृति, आफ्नो नीति-रिवाज छ। गोर्खा समाजले आफ्नो कला अनि संस्कृतिलाई अगाडि बढाउन आगामी १९ र २० नोभेम्बरमा दुई दिवसीय कार्यक्रम अन्तर्गत बोकाखात नाट्यमन्दिरमा तिहार महोत्सव आयोजन गरिरहेको छ। यो तिहार महोत्सवमा गोर्खा समाजको जातीय कला र संस्कृति प्रदर्शन गरिने छ। साथै, कार्यक्रममा पॉंच विशेष व्यक्तलाई गोखा बन्धुको उपाधिले सम्मानित गरिने छ।

About Author

Advertisement