क्यापद्वारा सात सदस्यीय संसदीय परिषद गठन

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले आगामी उपचुनाउहरूलाई ध्यानमा राख्दै सात सदस्यीय संसदीय परिषद गठन गरेको छ। उक्त परिषदले सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउहरूको निम्ति पार्टी उम्मेदवार चयन गर्नेछ।
क्याप सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, संसदीय परिषदमा क्याप अध्यक्ष गणेश कुमार राई चेयरमेन रहेका छन्। यसैगरी, भूसन अधिकारी, जर्बु छिरिङ लेप्चा, सुमति छेत्री, फुरी शेर्पा, किरण जिम्बा र दिवस गुरुङ सदस्य रहेका छन्।

About Author

Advertisement