क्यापको समन्वय सभा सम्पन्न

n7000609111770480312261fbad30de71be6da520f2977f63f706a5b825c4dcb7ffe1a8306f167c2dac2640

गान्ताेक: सिक्किमको सिटिजन एक्शन पार्टी (क्याप) को समन्वय सभा आज मल्लीडाँडामा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको छ। पार्टीका उपाध्यक्षहरूलाई लिएर आयोजित यस सभामा अध्यक्ष राईले सत्तारूढ एसकेएमको स्थापना दिवस कार्यक्रममा अन्य दलका नेता र कार्यकर्ताहरूसँग मिलेर पार्टीमा व्यापक समावेशीकरणको प्रयासलाई सत्ता बचाउने असफल प्रयास भने।
राईले आरोप लगाउँदै भने, “चुनाव जितेर सत्तामा पुगेपछि सरकार दुई वर्षसम्म केवल मनोरञ्जन र प्रचारमा केन्द्रित भई करोडौं रूपियाँ खर्च गर्‍यो, तर राज्य र जनताको हितमा कुनै ठोस योजना प्रस्तुत गर्न सकेन।”
उनले सरकारको आलोचना गर्दै थपे, “सरकार सत्यसँग डराएको र आत्तिएको छ, यसैले ठूलो खर्च र खोक्रो गर्जन गरिरहेको छ।” उनले भने कि क्याप सिक्किमको राज्यप्रेम र जनआवाजलाई दबाउन असम्भव छ।
अध्यक्ष राईले सिक्किम र सिक्किमेलीको भविष्य सुनिश्चित नभएसम्म सबैलाई इमानदारीका साथ एकताबद्ध हुन आह्वान पनि गरे।
सभामा पार्टीको चौथो स्थापना दिवसको प्रतिवेदन उपाध्यक्ष (राजनीतिक मामिला) भूषण अधिकारीले प्रस्तुत गरेपछि उपस्थित सबै नेताहरूले पार्टीको भावी रणनीतिका बारेमा सक्रिय सहभागिता जनाउँदै छलफल गरे।
यसैबीच, क्याप अध्यक्षले पार्टीको चौथो स्थापना दिवसको अवसरमा गरेको “विद्यार्थीहरूलाई एक वर्ष ड्रप गरेर राज्यको भविष्य बचाउने” आह्वानलाई पार्टीले समर्थन जनाएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

Advertisement