क्यापको गान्तोक जिल्लास्तरीय कार्यकारी समितिको बैठक

IMG-20250123-WA0274

गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किमको गान्तोक जिल्ला कार्यकारिणी परिषदको बैठक रम्फूस्थित जिल्ला कार्यालयमा सम्पन्न भयो। बैठकको अध्यक्षता महिला परिषद प्रभारी सुमती छेत्रीले गरेकी थिइन्। बैठकमा पार्टीका वरिष्ठ पदाधिकारी, गान्तोक र पाक्योङ जिल्लाका शीर्ष कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। टिस्टा बाढ़ले लथालिङ्ग बनाएको पुरानो जोनल पार्टी कार्यालयको पुनःजिर्णोद्वार भएको जानकारी पनि दिएको छ। बैठकमा आगामी गणतन्त्र दिवस र पार्टीको तेस्रो स्थापना दिवसलाई भव्यपूर्वक सम्पन्न गर्नका लागि तयारी र आवश्यक व्यवस्थापनबारे छलफल गरियो। कार्यक्रम सिक्किमका जनताको सेवा र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको हो। सिटिजन एक्सन पार्टीले सधैं जनताको आवाज बुलन्द गर्दै विकास र समानताको लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आइरहेको दाबी गरेको छ। साथै आगामी दिनहरूमा पनि जनताका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिज्ञा गरेको उल्लेख आज जारी प्रेस बयानमा गरिएको छ।

About Author

Advertisement