क्यापकाे उम्मेदवारहरुलाई भेटने क्रम  जारी

IMG-20240503-WA0252.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले आज ३ मई, २०२४ को दिन गान्तोक जिल्ला अन्तर्गत स्यारी र सिङ्ताम खामदोङ समष्टिका विधानसभा उम्मेदवारहरु सोनाम छिरिङ लेप्चा र सुमती छेत्रीका परिवारसॅंग भेट गऱ्यो।

पार्टी अध्यक्ष भरत बस्नेत, पार्टीको मुख्यमन्त्री उम्मेदवार गणेश राई एवं पार्टीका अन्य गण्यमान्य कार्यकर्ता उक्त सौहार्दपूर्ण भेटघाटमा उपस्थित थिए। उक्त जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

विज्ञप्ति अनुसार, गत चुनाउमा पार्टी उम्मेदवारहरुको घर परिवारका सदस्यहरुलाई कतिपय कारणले भेट गर्न सकेको थिएन, यसैले यस प्रकारको कृतज्ञता ज्ञापन भ्रमण कार्यक्रम तय गरेको हो। यस क्रममा पाकिम जिल्लाको नाम्चेबुङ समष्टि अन्तर्गत आसामलिङ्जे गैरी गाउँमा नाम्चेबुङ समष्टिका उम्मेदवार सेभरिन राई र रिनाक निर्वाचन क्षेत्रका उम्मेदवार टीकाराम शर्मा (डुकालाखा) पार्टीले कृतज्ञता ज्ञापन कार्यक्रम सम्पन्न गऱ्यो।

पार्टीको मुख्यमन्त्री उम्मेदवार गणेश राईले कार्यकर्ताहरूमा धन्यवाद व्यक्त गरे। पार्टी अध्यक्ष भरत बस्नेतले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबै नागरिकलाई धन्यवाद दिए। आफुले चुनाउ जितेको खण्डमा सिक्किमे नागरिकको शिर ठाडो हुने काम गर्ने छु भनी बताए। उनले चुनाउपछि सिटिजन एक्सन पार्टी, सिक्किमका कार्यकर्ताहरू मैदानमा सिक्किमे नागरिकहरुसॅंग भेटवार्ता गरिरहेको बताए।

About Author

Advertisement