क्यान्सर रोकथामका लागि सडक नाटकको आयोजना

5ba99e69-4e8b-4c18-8d25-cb8b4623cf65

कुचबिहार: क्यान्सर रोकथामका लागि सडक सचेतना शिविर तथा सडक नाटक आयोजना गरिएको छ। कार्यक्रम कार्किनोस हेल्थकेयर र कुचबिहार थिएटर ग्रुपको सहकार्यमा आयोजना गरिएको हो। यो कार्यक्रम कूचबिहार सहरमा ३ ठाउँ छनोट गरेर अपनाएको थियो। यो कार्यक्रम कूचबिहार सहरको नटुनबजार, कूचबिहार महाराजा नर्सिंग होम र कूचबिहार अमतला क्षेत्रमा गरिएको थियो। कार्किनोस हेल्थकेयरको तर्फबाट यस कार्यक्रममा रितम पाल चौधरी, कनिका सिंह, विश्वजित बर्मन, डा. प्रद्युत साह, कुचबिहार थिएटर ग्रुपका पूर्वाचल दास गुप्तालगायतको उपस्थिति थियो।

About Author

Advertisement