क्यानडाका लागि नेपालका राजदुत पौडेललाई अभिनन्दन

Photo-1-1-1

काठमाडौं: क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेललाई स्वागत सम्मान तथा अभिनन्दन गरिएको छ। बिहीबार काठमाडौंमा नेपाल क्यानडा उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजन गर्दै राजदुत पौडेललाई स्वागत सम्मान तथा अभिनन्दन गरेको हो।

अभिनन्दन कार्यक्रममा बोल्दै क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले नेपाल र क्यानडाबीचमा अन्तरदेशीय व्यवसायको राम्रो सम्भावना रहेको भन्दै नेपालको उत्पादन क्यानडा पठाउने रुचि रहेको बताए। उनले भने, ‘नेपालबाट क्यानडामा केही उत्पादन पठाउन सके सबभन्दा खुसि म यो कुरामा हुनेछु। मेरो रुचि पनि यही हो। मेरो क्षमता र मेरो जिम्मेवारीले भ्याएसम्म म लागिरहनेछु।’ नेपालमा मौलिक उत्पादित वस्तु धेरै रहेको भन्दै उनले नेपालमा उत्पादित वस्तुहरुको गुणस्तरमा जोड दिनुपर्ने उनको भनाइ छ।

About Author

Advertisement