कौशिकको ह्याट्रिकले सेमिफाइनलमा पुग्यो शिक्षासंघ हाई स्कूल

photocollage_2024920223237654

दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा शिक्षासंघ हाई स्कूल, गिंगले सेमिफाइनलमा स्थान बनायो। शुक्रवारको खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा शिक्षासंघ हाई स्कूलले सनराइज स्कूल, लेबोंगविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। म्याचमा ह्याट्रिक गर्ने विजेता टीमका कौशिक छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस प्रतिष्ठित इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा दार्जीलिङ र वरिपरिको क्षेत्रबाट जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement