गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको सी डिभिजन एस लिग २०२४ अन्तर्गत पॉंचौं चरणको अन्तिम दिन खेलिएका खेलहरूमा जेभीसी सिङताम र डेन्जोङ बोइज एससी विजय बनेका छन्।
पहिलो खेल हेलस्टोन एफसी बनाम जेभीसी सिङतामबिच सम्पन्न भयो जसमा सिङतामले प्रतिद्वन्दी दललाई १-० गोलले पराजित गऱ्यो। विजेता दलका खेलाडी आकाश राईको एक्लो गोलले आफ्नो टीमको जित सुनिश्चित गरेको थियो। यस कारण राईलाई नै प्लेयर अफ द म्याच घोषित गरियो।
दोस्रो खेलमा डेन्जोङ बोइज एफसीले प्रतिद्वन्दी माझीटार एससीलाई २-१ ले पराजित गऱ्यो। विजयी दलको तर्फबाट अलबर्ट थापा मगर र ग्योरमी साङ्गे भोटियाले एक एक गोल गरे। पराजित दलका खेलाडी शोझा लेप्चाले एक गोल गरेका थिए। विजयी दलका खेलाडी ग्योरमीलाई प्लेयर अफ द म्याच घोषित गरियो।









