कोशी प्रदेशको मन्त्री हुन कांग्रेसले बनायो मापदण्ड

IMG-20240731-WA0095

झापा: नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ। विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटका लागि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको हो। सभापति उद्धव थापाका अनुसार प्रदेश सभामा रहेका २९ मध्ये धेरैजसो प्रदेशसभा सदस्यहरू मन्त्री बन्ने दौडमा लागेपछि प्रदेश समितिले मन्त्री हुनका लागि मापदण्ड बनाएको हो। बैठकले एकिकृत मालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णयसमेत गरेको छ। सरकारमा जानका लागि मन्त्रीहरूको नाम भने केन्द्रीय नेतृत्वसँग परामर्श गरेर मात्रै टुङ्गो लाग्ने बताइएको छ।

About Author

Advertisement