कोशीका मुख्यन्याधिवक्ता कोइराला पद मुक्त

IMG-20240513-WA0146.jpg

झापा: कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्याधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले पदमुक्त गरेका हुन्।मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्याधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए। मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड ख बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखको कार्यालय कोशीका सूचना अधिकारी रामकुमार श्रेष्ठले मई १२ तारिखबाट कोइरालालाई पदमुक्त गरिएको जानकारी दिए ।

About Author

Advertisement