कोविड़ सिक्किम: सिक्किम बन्यो कोरोनामुक्त

गान्तोक: राज्यमा कोरोनाको सक्रिया मामिला केवल एउटा मात्र रहेको छ। हिजो कूल ७२ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा गान्तोक जिल्लाबाट ६८ जना, पाकिम जिल्लाबाट २ जना र सोरेङबाट २ जनाले जाँच गरेका थिए। अहिलेसम्म राज्यका ४४,३२२ जना कोरोना संक्रमित बनिसकेका छन् भने ४३,०३८ जना यसरोगबाट मुक्त बनिसकेका छन्। यस रोगबाट २०२० देखि अहिलेसम्म ४९९ जनाले ज्यान गुमाइसकेका छन्। राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो राज्यमा केवल एक जना कोरोना रोगी फेला परेको थियो।

About Author

Advertisement