कोविड़ सिक्किम: राज्य बन्यो कोरोनामुक्त

IMG-20230305-WA0248.jpg

गान्तोक: राज्यमा हाल कोरोनाभाइरसको सक्रिय मामिला शून्य रहेको छ। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा उल्लेख गरेअनुसार, आज मोठ ६२ वटा नमूना जाँच गर्दा एउटै पनि पोजिटिव मामिला देखा परेन। ६२ नमूनामध्ये सर्वाधिक ६० नमूना गान्तोक जिल्लाबाट र पाकिमबाट २ जनाको नमूना रहेको थियो।

केही दिनभित्र कोरोनाभाइरसको एक दुई मामिला फेलापरेपछि हाल एक हप्ताभित्रको पोजिटिविटी दर ० प्रतिशत रहेको छ। कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३२५ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४१ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। यस भाइरसले हिजो एकजना रोगीले ज्यान गुमाएपछि राज्यमा हालसम्म यस भाइरसले ज्यान गुमाउनेहरूको संख्या ५०० पुगेको छ।

About Author

Advertisement