कोविड़ सिक्किम: बढ़दैछ कोरोना संक्रमितको संख्या

IMG-20230316-WA0249.jpg

आज २३ नयाँ मामिला

गान्तोक: राज्यमा कोरोनाको एकै दिनमा २३ नयाँ मामिला फेला परेको छ। धेरै महिनापछि यसरी एकैदिनमा दोहोरो अंकमा नयाँ पोजिटिव मामिला फेला परेको छ।

राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ बुलेटिन अनुसार, मोठ १६५ नमूना जाँच गर्दा २३ नयाँ मामिला फेला परेको छ। २३ नयाँ मामिलामध्ये सर्वाधिक १९ मामिला पाकिम जिल्लाबाट फेला परेको छ भने गान्तोक जिल्लाबाट एउटा, गेजिङ जिल्लाबाट एउटा अनि नाम्ची जिल्लाबाट दुईवटा मामिला फेला परेको छ भनेे दुईजना कोरोना रोगी निको भएर घर फर्किएका छन्।

एकै दिनमा २३ नयाँ मामिला फेला पर्नसाथै हाल कोरोनाको सक्रिय मामिला ४२ पुगेको छ। यसरी दैनिक रूपमा कोरोनाको नयाँ मामिलामा विस्तारै वृद्धि भएपछि दैनिक संक्रमण दर २५.४५ प्रतिशत र एक हप्ताको पोजिटिविटी दर ३.८ प्रतिशत पुगेको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३९० जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ६४ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement