कोविड़ सिक्किम: कोरोना संक्रमण फेरि बढ्यो

IMG_20210910_192109-1-1.jpg

आज कोरोनाको ५९ नयाँ मामिला, ८ जना भए कोरोनामुक्त१ जनाको मृत्यु

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको ५९ वटा नयाँ मामिला अघि आएको र ८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज १ जनाको मृत्यु पनि भएको विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल २४७ जनाले कोरोना जाँच गरेकोमा, पूर्व सिक्किमबाट ३७ जनामा, पश्चिम सिक्किमबाट ६ जनामा, दक्षिण सिक्किमबाट १२ जनामा र उत्तर सिक्किमबाट ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर १४६ पुगेको छ। राज्यमा आज कोरोनाको सकारात्मकता दर २३.८ प्रतिशत दर्ता गरिएको छ।

अहिलेसम्म राज्यमा ३८,०३६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,४०१ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५७ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement