कोविड़ सिक्किम: कोरोना संक्रमण फेरि बढ्यो

IMG_20210619_080404.jpg

आज कोरोनाको २ नयाँ मामिला, जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको २९ वटा नयाँ मामिला अघि आएको र ९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज १ जनाको मृत्यु पनि भएको विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १७६ जनाले कोरोना जाँच गरेकोमा, गान्तोक जिल्लाबाट २५ जनामा र उत्तर जिल्लाबाट ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर १०१ पुगेको छ।

अहिलेसम्म राज्यमा ३८,०२८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,३४२ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५६ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement