कोविड़ सिक्किम: कोरोनाको ७५ नयाँ मामिला, ४१ जना भए कोरोनामुक्त, कसैको मृत्यु भएन

IMG_20210910_192109-1-2.jpg

गान्तोक: राज्यमा आज कोरोनाको ७५ वटा नयाँ मामिला अघि आएको र ४१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज कसैको मृत्यु नभएको विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ३३५ जनाले कोरोना जाँच गरेकोमा, गान्तोक जिल्लाबाट २० वटा, पाकिमबाट १९, गेजिङबाट ४ वटा, सोरेङबाट ७ वटा, नाम्चीबाट २४ र मंगन जिल्लाबाट १ जना गरि कुल ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर ५७१ पुगेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर २०.५ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३८,२५९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४०,०५९ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४६१ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement