कोविड़ सिक्किम: कोरोनाको १०० नयाँ मामिला, १९३ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा आज १०० जना कोरोना संक्रमित रोगी फेला परेको र १९३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १,२४८ जनाले कोरोना जाँच गरेकोमा, गान्तोक जिल्लाबाट ३८, पाकिमबाट १३, गेजिङबाट ६, सोरेङबाट १२, नाम्चीबाट २३ र मंगनबाट ८ गरि कुल १०० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या घटेर ५९८ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ८.०१ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४०,७४४ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४२,५९४ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४७४ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement