कोविड़ सिक्किम: कोरोनाकाे ३ नयाँ मामिला

IMG-20230316-WA0249.jpg

गान्तोक:  राज्यमा कोरोना संक्रमणको मामिला बढ्न थालेको छ। आज राज्यमा ३ जना कोरोना संक्रमित रोगी फेला परेको र एउटापनि उपचाराधीन राेगी कोरोनामुक्त न बनेकाे स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टअनुसार हिजाे कूल ४४ जना को नमूना जॉंच गर्दा गान्तोक जिल्लाबाट १ र पाकिम जिल्लाबाट २ जना गरी माेठ ३ जनामा संक्रमण पाइयो।

हाल राज्यमा २१ कोरोना रोगी उपचाराधीन छन्। आज राज्यको दैनिक संक्रमण दर ५.७ प्रतिशत रेकर्ड गरिएको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३५४ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४९ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement