कोविड़ सिक्किम: कोरोनाकाे २ नयाँ मामिला

IMG-20230316-WA0282.jpg

गान्तोक: आज राज्यमा दुईजना कोरोना संक्रमित रोगी फेला परेको र एकजना कोरोनामुक्त बनेर घर फर्किएकाे स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टअनुसार मोठ ४३ नमूना जाँच गर्दा दुई नमूनाको रिपोर्ट पोजिटिव आएको हो। कोरोना संक्रमित दुई राेगीमध्ये गान्तोक जिल्ला अनि नाम्ची जिल्लाबाट एक-एक जना गरी रहेका छन्।

हाल राज्यमा १३ कोरोना रोगी उपचाराधीन छन्। आज राज्यको दैनिक संक्रमण दर ४.६ प्रतिशत रेकर्ड गरिएको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३४६ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४९ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement