कोविड़ सिक्किम: कोरोनाकाे ६ नयाँ मामिला

IMG-20230316-WA0249.jpg

गान्तोक: राज्यमा आज अचानक कोरोना रोगीको संख्यामा वृद्धि भएको छ। आज राज्यमा ६ जना कोरोना संक्रमित रोगी फेला परेको स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ८३ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा गान्तोकबाट ४८ जना, पाकिमबाट ३१जना, सोरेङबाट १ जना र नाम्ची जिल्ला ३ जनाले कोरोनाको जाँच गरेका थिए।

हाल राज्यमा १२ कोरोना रोगी उपचाराधीन छन्।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३४४ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement